हिजबुल्लाहका वरिष्ठ कमान्डर मारिएको इजरायलको दाबी

३१ श्रावण, २०८३, आइतवार
सारांश
  • यसैबीच, अरब लिगले लेबनानमाथि भएका इजरायली आक्रमणको निन्दा गरेको छ । अरब लिगका अनुसार पछिल्लो दिन भएका आक्रमणमा ११ जनाको मृत्यु भएको छ । घटनापछि क्षेत्रमा तनाव खतरनाक रूपमा बढ्दै गएको लिगले जनाएको छ ।

काठमाडौँ: इजरायली सेनाले हिजबुल्लाहको ‘बद्र इकाइ’का वरिष्ठ कमान्डर अबु हसन अलालाई मारिएको दाबी गरेको छ ।

 

इजरायली सेनाले सामाजिक सञ्जालमार्फत हिजबुल्लाहले इजरायली सैनिकविरुद्ध गर्दै आएका गतिविधिको जवाफमा कारबाही गरिएको जनाएको छ ।

 

सेनाका अनुसार हसन अला इजरायली सैनिकविरुद्धका विभिन्न आक्रमणको योजना बनाउने र कार्यान्वयनमा संलग्न थिए । उनले दक्षिणी लेबनानमा इजरायली सैनिकतर्फ विस्फोटक पदार्थ बोकेका मानवरहित विमान पठाउने गतिविधिमा समेत भूमिका खेलेको सेनाको दाबी छ ।

 

यसैबीच, अरब लिगले लेबनानमाथि भएका इजरायली आक्रमणको निन्दा गरेको छ । अरब लिगका अनुसार पछिल्लो दिन भएका आक्रमणमा ११ जनाको मृत्यु भएको छ । घटनापछि क्षेत्रमा तनाव खतरनाक रूपमा बढ्दै गएको लिगले जनाएको छ ।

 

अरब लिगले यस्ता आक्रमणले द्वन्द्व अन्त्य गर्ने तथा समाधान खोज्ने प्रयासमा असर पार्न सक्ने चेतावनी दिएको छ । अरब लिगका प्रवक्ताले इजरायलका नीति र गतिविधिले कब्जाको नीति अपनाउने पक्ष द्वन्द्वलाई लामो समयसम्म जारी राख्न, वार्तामा अवरोध पुर्‍याउन र भूमिमा नयाँ अवस्था थोपर्न चाहेको देखिएको आरोप लगाए । यस्ता प्रयास पूर्ण रूपमा अस्वीकार्य र निन्दनीय रहेको अरब लिगले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार